प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाबमा दुई अंकको सिट ल्याएर देखाउन प्रचण्ड-नेपाल नेकपालाई चुनौती दिएका छन ।
ओली पक्षधरको काठमाडौं जिल्ला कमिटीको भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालतर्फ लक्षित गर्दै उनले वैशाख १७ र २७ गते कता बहुमत छ र कसले कसलाई पार्टीबाट निकालेको रहेछ हेरौँला भन्दै चुनौती दिएका छन् ।
उनले लोकतन्त्र र संविधान नै खतरामा परेकोले नयाँ जनादेशको लागि सिफारिश गर्नुपरेको स्पष्ट पारेका छन् ।
उनले संसद पूनःस्थापना कुनैपनि हालतमा नहुने जिकिर गरे ।