एनआईसी एशिया क्यापिटल लिमिटेडले रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुगेको थियो । बाढीले सडक, पुल, बस्ती, बजार तथा जलविद्युत् आयोजनालगायतका महत्वपूर्ण भौतिक संरचनामा समेत व्यापक क्षति पुर्याएको थियो । प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा २१ लाख रुपैयाँ (अक्षरेपी एक्काइस लाख रुपैयाँ) जम्मा गरेको जनाएको छ ।
यस विपद्बाट प्रभावित नागरिकहरूप्रति दुःख व्यक्त गर्दै एनआईसी एशिया क्यापिटलले उद्धार, राहत तथा पुनस्र्थापनाका कार्यमा निरन्तर खटिरहेका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको योगदानप्रति हार्दिक सम्मानसमेत व्यक्त गरेको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले स्थापनाकालदेखि नै व्यावसायिक गतिविधिसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । कम्पनीले विद्यार्थी तथा देशका विभिन्न भूभागमा बसोबास गर्ने आम नेपाली नागरिकलाई लक्षित गरी वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।
वित्तीय साक्षरता प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिमार्फत समुदायको हितमा योगदान पुर्याउँदै आएको कम्पनीले प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले गरेको यस आर्थिक सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका रूपमा लिएको छ ।