बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

कांग्रेसको पदाधिकारी बैठक बस्दै

कांग्रेस सहमहामन्त्री शिवाकोटीले भने : प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु

बिहिबार, कार्तिक १९ २०८३

काठमाडौं । नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चा सार्वजनिक भइरहेका बेला कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको हो ।

कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाका अनुसार बैठक आज दिउँसो ३ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका पछिल्ला गतिविधिबारे छलफल हुने उनले जानकारी दिए ।

सभापति थापा पक्राउ गर्ने कुनै आधार नभएको दाबी गर्दै खतिवडाले कांग्रेसको आवाज कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको आरोप लगाए ।

‘सभापति पक्राउको आधार छैन, कांग्रेसको आवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ,’ उनले भने ।

खतिवडाले सरकारले चालेका विवादित कदमबारे कांग्रेसले बुधबार नै ६ बुँदे धारणा सार्वजनिक गरिसकेको पनि बताए ।

यसैबीच, कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारले फैलाएको हल्ला र भ्रमप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत आफू काठमाडौं आउँदै गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु।’