काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।
जनकपुरका कप्तान हर्मित सिंहले लक्ष्य पछ्याउन सहज हुने अनुमानका साथ पहिले बलिङ गर्ने निर्णय लिएको बताए।
यता विराटनगरका कप्तान सन्दीप लामिछानेले भने राम्रो योगफल तयार पारेर त्यसलाई जोगाउने लक्ष्य रहेको बताएका छन्।