मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सोलुखुम्बु हेलिकोप्टर दुर्घटना : एक भारतीय नागरिकको मृत्यु, दुई घाइते

मंगलबार, कार्तिक १७ २०८३

विराटनगर । सोलुखुम्बुमा दुई हेलिकोप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ।

अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा शैलेश किसान पट्टेल घाइते भएका छन्। यस्तै, फिस्टेल एयरका पाइलटसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

घाइते दुवैलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ।