आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सांग्रिला डेभलपमेन्ट बैंकको खुद मुनाफा घट्यो

आइतबार, कार्तिक १५ २०८३

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको वित्तीय अवस्था दबाबमा परेको देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा बैंकको खुद नाफा ६२ प्रतिशतले घटेको छ भने निष्क्रिय कर्जा (एनपीएल) बढेर ७.६४ प्रतिशत पुगेको छ । नाफामा भारी गिरावट र खराब कर्जामा भएको वृद्धिले बैंकको वित्तीय स्वास्थ्यप्रति गम्भीर प्रश्न खडा गरेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३ करोड ३४ लाख ६१ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८ करोड ८२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको नाफा ५ करोड ४७ लाख ५० हजार रुपैयाँले घटेको हो ।

बैंकको आम्दानीका प्रमुख स्रोतमा समेत संकुचन देखिएको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५० करोड ९८ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५४ करोड ९१ लाख १६ हजार रुपैयाँ थियो । यस आधारमा बैंकको खुद ब्याज आम्दानीमा समेत गिरावट आएको छ । त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ४४ लाख ३७ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ६ करोड ३३ लाख ३७ हजार रुपैयाँमा झरेको छ ।

बैंकको कुल सञ्चालन आम्दानीमा पनि उल्लेख्य गिरावट आएको छ । गत वर्षको पहिलो त्रैमासमा ६५ करोड १५ लाख ७२ हजार रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५७ करोड ६२ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ । आम्दानी खुम्चिएसँगै बैंकको सञ्चालन मुनाफामा ठूलो धक्का लागेको छ । समीक्षा अवधिमा सञ्चालन मुनाफा ५ करोड ३१ लाख ३८ हजार रुपैयाँ मात्रै रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ करोड ५३ लाख ८७ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो ।