मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

दसैंपछि सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घट्यो

आइतबार, कार्तिक ८ २०८३

काठमाडौं । दसैंपछि नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको नयाँ मूल्य निर्धारण गरेको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि यसको भाउ उच्च दरले घटेको महासंघले जनाएको छ। दसैंपछि आज नयाँ मूल्य निर्धारण गरिएको हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २३० रुपैयाँले घटेको छ। गत सोमबार प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ।