मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

न्यायाधीश रणबहादुर बमका हत्याका दोषी बाबु थापा सर्लाहीबाट पक्राउ

शुक्रबार, असोज ३० २०८३

सर्लाही । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका फरार प्रतिवादी बाबु थापा पक्राउ परेका छन्।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थापालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार थापालाई बुधबार राति सर्लाहीको बागमती नगरपालिका–स्थित मिलनचोकमा रहेको उनकै घरबाट पक्राउ गरिएको हो।

न्यायाधीश बमको हत्यामा दोषी ठहर भएपछि थापा कैद सजाय भोगिरहेका थिए। जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो।

थापा पक्राउ परेसँगै उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाउने प्रक्रिया अघि बढाइने जनाइएको छ।