मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर यातना दिएको आरोपमा पाँच जना पक्राउ

मंगलबार, असोज २७ २०८३

धनगढी । कञ्चनपुरमा १६ वर्षीय किशोरलाई जंगलमा लगेर खुकुरी देखाउँदै कुटपिट तथा यातना दिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ का २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार बेलौरी नगरपालिका–९ रतनपुरका ती किशोरलाई गत असोज २३ गते साँझ स्थानीय खजुवा जंगलमा लगेर खुकुरी देखाउँदै धम्की दिनुका साथै कुटपिट गरिएको थियो।

किशोरलाई जंगलमा लगेर कुटपिट तथा यातना दिइएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।