प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीपछिको खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई र स्थलमार्गबाट परिचालन गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार पहिरोको जोखिममा रहेको गोरखाको जगत् क्षेत्रबाट ६ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
त्यस्तै, काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोलीलाई पनि हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको उनले जानकारी दिएका छन् ।
बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न बस्ती, पुल तथा भौतिक संरचनामा क्षति पुर्याएपछि उद्धार र राहत कार्यलाई तीव्र बनाइएको छ ।