बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्डमा १७ दशमलव पाँच प्रतिशतसम्म छुट

शुक्रबार, असोज १६ २०८३

मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लबका विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लबसँग व्यावसायिक सम्झौता गरेको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले उक्त क्लबका विभिन्न सेवा तथा सुविधामा सात दशमलव ५० प्रतिशतदेखि १७ दशमलव ५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन् । क्लबमा जिम, बक्सिङ, एडभान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लास, जुम्बा, योगालगायतका सेवाहरू उपलब्ध रहेको बैंकले जनाएको छ । साथै, वर्कआउटपछि रिल्याक्सेसनका लागि साउनाको सुविधासमेत क्लबमा रहेको छ । विशेष छुट तथा सुविधा लिनका लागि मुक्तिनाथ विकास बैंकका ग्राहकले बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार ग्राहकलाई बैंकिङ सेवासँगै दैनिक जीवनमा उपयोगी थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न व्यवसाय तथा सेवा प्रदायक संस्थासँग सहकार्य गर्दै आएको छ । बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार उक्त सम्झौताले बैंकका ग्राहकलाई स्वास्थ्य तथा फिटनेससम्बन्धी सेवा उपयोगमा थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।