बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेमा झिनो अंकले सुधार, शुन्य दशमलव २६ अंकले बढदा चार अर्ब ८९ करोडको कारोबार

बिहिबार, असोज १५ २०८३

नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन चार दशमलव ८२ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार शुन्य दशमलव २६ अंकले बढेर २५ सय ९९ दशमलव १५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १४ अंकले बढेर चार सय ६४ दशमलव ७७ अंकमा पुगेको छ । तीन सय ५३ वटा कम्पनीहरुको ५१ हजार सात सय ४५ पटकको कारोबारमा एक करोड २० लाख ६५ हजार पाँच सय ५५ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब ८९ करोड १८ लाख ७६ हजार तीन सय २५ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदाआठ चार वटा समुहको सुचक बढेको आठ वटा समुहको सुचक घटेको र लगानी समुहको सुचक भने स्थिर देखिएको छ । आज बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ८८ अंकले बढेर १४ सय ९९ दशमलव ९५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक दशमलव ३० अंकले बढेर तीन हजार पाँच सय ४९ दशमलव ५३ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक र फाईनान्स समुहको सुचक पनि बढेको छ । जीवन बीमा समुहको सुचक १२ दशमलव ७० अंकले घटेर ११ हजार छ सय ८६ दशमलव ९२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ४८ दशमलव २४ अंकले बढेर नौं हजार चार सय ६३ दशमलव ९० अंकमा पुगेको छ । होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि आज घटेका छन्।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिन्धु डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सयपत्री हाईड्रोपावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आज सिद्धार्थ बैंक पहिलो स्थानमा परेको छ।