बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

मंगलबार, असोज ६ २०८३

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई दिइएको छ ।

शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे काठमाडौंबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छन् ।

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।