बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रतिनिधिसभाको बैठक सुरु, यस्तो छ कार्यसूची

मंगलबार, असोज ६ २०८३

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

त्यसपछि उक्त सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।