बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जनकपुरमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

आइतबार, असोज ४ २०८३

जनकपुरधाम । जनकपुरधाममा गएराति घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–८, रामानन्दचोकस्थित घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो।

स्थानीयका अनुसार राति अचानक घरमा आगलागी भएको थियो। आगलागीपछि बाहिर निस्कन नसकेका सहनीको घटनास्थलमै जलेर मृत्यु भएको बताइएको छ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक हुन्। आगलागीका क्रममा उनकी नातिनी भने भागेर ज्यान जोगाउन सफल भएकी छन्।

आगलागीको कारण भने खुल्न बाँकी रहेको छ।