बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

शनिबार, असोज ३ २०८३

भक्तपुर । भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।

काठमाडौँबाट जडीबुटी हुँदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार कोटेश्वरबाट जडीबुटी हुँदै भक्तपुरतर्फ आउने क्रममा एउटै दिशाबाट आइरहेको ट्याङ्करले कार्की सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक तथा कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका छन्।

घटनापछि प्रहरीले ट्याङ्कर चालकसहित दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।