बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मनास्लु आरोहणका क्रममा सिङ्गापुरका ५० वर्षीय नागरिकको मृत्यु

बिहिबार, असोज १ २०८३

गोरखा । मनास्लु हिमाल आरोहणका लागि आएका सिङ्गापुरका एक नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिङ्गापुरका ५० वर्षीय लाउ वी सेङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको क्याम्प–२ बाट बेसक्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको हो ।

सेङ भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए ।