काठमाडौं । मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युड र ४ः२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार दुवै भूकम्पको केन्द्रबिन्दु मुगु जिल्ला आसपास रहेको थियो।
बिहान छोटो अन्तरालमा दुई पटक भूकम्प गए पनि यसबाट भएको सम्भावित क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।