मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

शाइन रेसुंगा बैंकले घोषणा गर्‍यो १६ प्रतिशत लाभांश, बोनस ६ र नगद १० प्रतिशत

सोमबार, भाद्र २९ २०८३

काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

भदौ २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश रहेको छ।

बैंकका अनुसार ६ प्रतिशत बोनस शेयरबापत ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ बराबरको शेयर वितरण हुनेछ। त्यस्तै, १० प्रतिशत नगद लाभांशबापत ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ वितरण गरिनेछ। नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

प्रस्तावित बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

बैंकको चुक्ता पुँजी हाल करिब ५ अर्ब २ करोड रुपैयाँ रहेको छ।