काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, ठूलो (भारतीय) रु १००, सानो (लोकल) रु ५० र सानो (टनेल) रु ७३ कायम भएको छ। आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, रातो (गोलो) रु ५३, रातो (मुढे) रु ५३, रातो (भारतीय) रु ४० तथा आलु सेतो रु ३८ निर्धारण गरिएको छ। प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ८० रहेको छ।
त्यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १२० र गाजर (तराई) रु ८०, बन्दा (लोकल) रु ५०, स्थानीय काउली रु ११०, रातो मूला रु ३०, सेतो मूला (हाइब्रिड) रु ३५, भन्टा लाम्चो रु ४० र भन्टा डल्लो रु ६० तोकिएको छ।
बोडी तने प्रतिकिलो रु ९०, मकै बोडी रु १२०, घिउ सिमी (लोकल र हाइब्रिड) रु १००, टाटे सिमी रु ८०, भटमास कोसा रु १३० र तीते करेला रु ५० कायम भएको छ। लौका प्रतिकिलो रु ६०, परवर (लोकल र तराई) रु ८०, चिचिण्डो र घिरौँला रु ३०, झिगुनी रु ७०, पाकेको फर्सी र हरियो फर्सी (डल्लो) रु ६०, भिन्डी रु ५०, पिँडालु रु ८० तथा स्कुस रु ६० निर्धारण गरिएको छ।
सागसब्जीतर्फ रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो रु २५०, तोरीको साग रु १०० र हरियो प्याज रु १५० रहेको छ। च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) रु ५००, राजा च्याउ रु ३३० र सिताके च्याउ रु एक हजार कायम भएको छ।
कुरिलो प्रतिकिलो रु ५००, निउरो रु १००, ब्रोकाउली रु १६०, चुकन्दर रु ७०, सजीवन रु २५०, रातो बन्दा रु ४०, जिरीको साग रु ५००, सेलरी रु २५० र पार्सले रु एक हजार ५०० तोकिएको छ। सौफको साग प्रतिकिलो रु १५०, पुदिना रु ५००, गान्टेमूला रु १५०, इमली रु १८०, तामा र तोफु प्रतिकिलो रु १६०, गुन्द्रुक रु ३५० तथा रुख टमाटर रु ३०० कायम भएको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३५०, नेपाली केरा प्रतिदर्जन रु ३०० र मालभोग केरा रु २०० रहेको छ। कागती प्रतिकिलो रु ३००, अनार रु ३००, आँप मालदह रु २८०, आँप चोसा रु २५०, तरबुजा रु ६० र जुनार रु ३०० निर्धारण गरिएको छ।
भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) रु २० र काँक्रो (लोकलक्रस) रु ५० कायम भएको छ। रुखकटहर प्रतिकिलो रु ६०, नास्पाती (लोकल) रु ९०, नास्पाती (चाइनिज) रु २५०, मेवा (नेपाली) रु ८० र मेवा (भारतीय) रु १०० तोकिएको छ।
यसैगरी, लप्सी प्रतिकिलो रु ६०, किबी रु ४००, एभोकाडो रु २५०, अमला रु २००, नरिवल (काँचो) रु ८० र नरिवल (हरियो) रु १७० निर्धारण गरिएको छ। ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५०० रहेको छ।
मसलाजन्य तथा अन्य कृषिउपजतर्फ अदुवा प्रतिकिलो रु २३०, सुकेको खुर्सानी रु ५५०, हरियो खुर्सानी (लाम्चो र बुलेट) रु ७०, माछे खुर्सानी रु ५० र अकबरे खुर्सानी रु ३०० कायम भएको छ। भेडे खुर्सानी प्रतिकिलो रु ५०, हरियो लसुन रु १५०, हरियो धनियाँ रु ५००, सुकेको लसुन (चाइनिज) रु २३० र सुकेको लसुन (नेपाली) रु २०० तोकिएको छ।
त्यस्तै, छ्यापी सुकेको र हरियो दुवै प्रतिकिलो रु २००, सुकेको माछा रु एक हजार, ताजा रहु माछा रु ३७०, बचुवा रु ३४० र छडी माछा प्रतिकिलो रु ३५० कायम भएको समितिले जनाएको छ।