बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ? हेर्नुहोस् सूची

शुक्रबार, भाद्र ५ २०८३

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा विभिन्न दर कायम गरिएको छ।

समितिले तोकेको मूल्यअनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ९० रुपैयाँ र भारतीय १०० रुपैयाँ रहेको छ। गोलभेँडा सानो लोकल ४८ तथा टनेल ६५ रुपैयाँ प्रतिकिलो छ। आलु रातो लाम्चो ५१, गोलो र मुढे ५३–५३, भारतीय ४० तथा आलु सेतो ३८ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ७८ रुपैयाँ छ।

गाजर लोकल १२०, तराई ८०, बन्दा लोकल ५०, काउली स्थानीय ११०, रातो मूला ३०, सेतो मूला हाइब्रिड ३५, भन्टा लाम्चो ४० र डल्लो ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

बोडी तने प्रतिकिलो ९०, मकै बोडी १२०, घिउ सिमी लोकल र हाइब्रिड १००–१००, टाटे सिमी ८०, भटमास कोसा १३०, तीते करेला ५०, लौका ६० र परवर लोकल तथा तराई ८०–८० रुपैयाँ प्रतिकिलो छ।

त्यस्तै, चिचिण्डो र घिरौँला ३०–३०, झिगुनी ६०, फर्सी पाकेको तथा हरियो फर्सी ६०–६०, भिन्डी ६०, पिँडालु ९० र स्कुस ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

सागसब्जीतर्फ रायोसाग प्रतिकिलो १५०, पालुङ्गो २५०, तोरीको साग ११० र हरियो प्याज १५० रुपैयाँ छ। कन्य च्याउ २८०, डल्ले च्याउ ४५०, राजा च्याउ ३३० तथा सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ निर्धारण गरिएको छ।

कुरिलो प्रतिकिलो ५००, निउरो १००, ब्रोकाउली १६०, चुकन्दर ७०, सजीवन २५०, रातो बन्दा ४०, जिरीको साग ५००, सेलरी २५०, पार्सले १ हजार ५००, सौफको साग १५० र पुदिना ५०० रुपैयाँ प्रतिकिलो छ।

गान्टेमूला १५०, इमली १८०, तामा १६०, तोफु १६०, गुन्द्रुक ३५० र रुख टमाटर ४०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

फलफूलको मूल्य

फलफूलतर्फ स्याउ फुजी प्रतिकिलो ३०० रुपैयाँ रहेको छ। नेपाली केरा दर्जनको ३००, मालभोग केरा २००, कागती २८०, अनार ३५०, आँप मालदह २८० र चोसा २५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

तरबुजा हरियो ६०, जुनार ३००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो लोकल ५०, हाइब्रिड १५ र लोकलक्रस ५० रुपैयाँ प्रतिकिलो छ।

नास्पाती लोकल ९०, चाइनिज २००, नेपाली मेवा ८०, भारतीय मेवा १००, लप्सी ६०, किबी ४००, अमला २००, नरिवल काँचो ८० र हरियो नरिवल १७० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

ड्रागन फ्रुट नेपाली प्रतिकिलो ५००, अदुवा २३०, सुकेको खुर्सानी ५५० तथा हरियो खुर्सानीका विभिन्न जात ७० रुपैयाँ प्रतिकिलो छ। अकबरे खुर्सानीको मूल्य भने प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ।

भेडे खुर्सानी ७०, हरियो लसुन १५०, हरियो धनियाँ ३५०, सुकेको चाइनिज र नेपाली लसुन २००–२०० तथा सुकेको र हरियो छ्यापी २००–२०० रुपैयाँ प्रतिकिलो छ।

सुकेको माछा प्रतिकिलो १ हजार, ताजा रहु माछा ३७०, बचुवा ३४० र छडी माछा ३५० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।