काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। आज गोलभेँडादेखि आलु, सागसब्जी, फलफूल, मसला तथा माछासम्मको मूल्य सार्वजनिक गरिएको हो।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ९० रुपैयाँ र भारतीय गोलभेँडा १०० रुपैयाँमा कारोबार भइरहेको छ। सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो ४८ रुपैयाँ र टनेलको ६५ रुपैयाँ तोकिएको छ।
आलु रातो लाम्चो प्रतिकिलो ५१ रुपैयाँ, रातो गोलो र मुडे आलु ५३ रुपैयाँ तथा भारतीय रातो आलु ४० रुपैयाँमा निर्धारण गरिएको छ। सेतो आलु प्रतिकिलो ३८ रुपैयाँ र भारतीय सुकेको प्याज ७८ रुपैयाँ रहेको छ।
गाजर लोकल प्रतिकिलो १२० रुपैयाँ, तराईको गाजर ८० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ र स्थानीय काउली ११० रुपैयाँ कायम भएको छ। रातो मूला ३० रुपैयाँ, सेतो मूला ३५ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
दलहन तथा अन्य तरकारीतर्फ बोडी तने प्रतिकिलो ९० रुपैयाँ, मकै बोडी १२० रुपैयाँ, घिउ सिमी १०० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ र भटमासको कोसा १३० रुपैयाँ रहेको छ। तीते करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर ८० रुपैयाँ, चिचिण्डो र घिरौँला ३०–३० रुपैयाँ तथा भिन्डी ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
सागसब्जीतर्फ रायोसाग प्रतिकिलो १५० रुपैयाँ, पालुङ्गो २५० रुपैयाँ, तोरीको साग ११० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँमा निर्धारण गरिएको छ। च्याउमध्ये कन्य च्याउ २८० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो एक हजार रुपैयाँ पुगेको छ।
उच्च मूल्यका कृषिउपजमध्ये कुरिलो प्रतिकिलो ५०० रुपैयाँ, जिरीको साग ५०० रुपैयाँ, पुदिना ५०० रुपैयाँ र पार्सले प्रतिकिलो एक हजार ५०० रुपैयाँ तोकिएको छ। ब्रोकाउली १६० रुपैयाँ, तामा १६० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ र रुख टमाटर ४०० रुपैयाँ प्रतिकिलो रहेको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा दर्जनको ३०० रुपैयाँ, मालभोग केरा दर्जनको २०० रुपैयाँ तथा कागती प्रतिकिलो २८० रुपैयाँ निर्धारण गरिएको छ। अनार प्रतिकिलो ३५० रुपैयाँ, मालदह आँप २८० रुपैयाँ, चोसा आँप २५० रुपैयाँ र तरबुजा प्रतिकिलो ६० रुपैयाँमा कायम भएको छ।
त्यस्तै, जुनार प्रतिकिलो ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, लोकल काँक्रो प्रतिकिलो ५० रुपैयाँ, लोकल नास्पाती ९० रुपैयाँ र चाइनिज नास्पाती २०० रुपैयाँ तोकिएको छ। नेपाली मेवा ८० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, किबी ४०० रुपैयाँ र ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँ पुगेको छ।
मसला तथा अन्य वस्तुतर्फ अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ र हरियो खुर्सानीका विभिन्न जातको मूल्य प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ। अकबरे खुर्सानी भने प्रतिकिलो २५० रुपैयाँमा निर्धारण गरिएको छ।
हरियो धनियाँ प्रतिकिलो ३५० रुपैयाँ, सुकेको लसुन नेपाली तथा चाइनिज दुवैको प्रतिकिलो २०० रुपैयाँ कायम भएको छ। ताजा माछातर्फ रहु प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३४० रुपैयाँ र छडी माछा ३५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
कालीमाटी बजारले निर्धारण गरेको यो मूल्य अधिकतम थोक मूल्य हो। खुद्रा बजारमा भने ढुवानी, स्थान तथा अन्य खर्चका कारण मूल्य फरक हुन सक्नेछ।