आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बुधबार, साउन ६ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक घटनाक्रम तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत एजेन्डामाथि छलफल हुने छ। आवश्यक विषयमा निर्णयसमेत गरिने बताइएको छ।

सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन, मन्त्रालयगत प्रगति समीक्षा र समसामयिक राष्ट्रिय विषयहरू बैठकका प्रमुख एजेन्डा रहने अपेक्षा गरिएको छ।