आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिक एन्जियोप्लास्टी, आईसीयूमा उपचार जारी

बिहिबार, असार ३२ २०८३

काठमाडौं । बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)की पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यको मुटुसम्बन्धी समस्या देखिएपछि आकस्मिक रूपमा एन्जियोप्लास्टी गरिएको छ।

उg
नलाई आज बिहान छाती दुखेपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। परीक्षणका क्रममा ‘हार्ट अट्याक’ (एक्युट मायोकार्डियल इन्फार्क्सन) पुष्टि भएपछि तत्काल एन्जियोप्लास्टी गरिएको अस्पतालले जनाएको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विभाग प्रमुख डा. अशोक अधिकारीका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ भने शाक्यको हाल सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

शल्यक्रियामा डा. अशोक अधिकारी, डा. प्रबिन्द्र महर्जन र डा. आनन्द जिसीको टोली संलग्न रहेको अस्पतालले जनाएको छ।