आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

स्याङ्जामा गोठ भत्किँदा ६५ वर्षीय पुरुषको मृत्यु, चौपाया पनि पुरिए

बिहिबार, असार ३२ २०८३

स्याङ्जा  । स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीखोलामा गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान भैँसी तथा बङ्गुरलाई कुडोपानी दिने क्रममा अचानक गोठ भत्किँदा ६५ वर्षीय धनबहादुर रेश्मीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर ६ का अध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए।

गोठ भत्किँदा केही चौपाया पनि पुरिएर मरेको जनाइएको छ।

प्रारम्भिक अनुमानअनुसार लगातारको वर्षाका कारण पुरानो गोठ कमजोर भई भत्किएको हुन सक्ने वडा अध्यक्ष गुरुङले बताए । घटनाबारे थप विवरण संकलन भइरहेको छ।