आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सञ्चारगृहअघि गाडी तेर्स्याएकाे घटनाबारे मनिष झा : यस्तो बचपनाले राजकाज चल्दैन

बुधबार, असार ३१ २०८३

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाउँदै यस्तो गतिविधिमा संलग्न जो–कोहीमाथि अनुसन्धान र कारबाही हुनुपर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाले सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको उल्लेख गरेका छन्। उनले राज्यको दायित्व नागरिकका समस्या र चिन्ताको समाधान गर्नु भएको भन्दै राज्य आफैँले नागरिकलाई थप आतंकित बनाउने गतिविधि गर्न नहुने बताएका छन्।

उनले यस्ता गतिविधिबाट सुशासन स्थापित हुन नसक्ने उल्लेख गर्दै प्रश्न गरेका छन्, “यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेन्जी पुस्ताले शहादत गरेको हो?”

झाले यस प्रकारका गतिविधिप्रति आफ्नो घोर आपत्ति रहेको जनाउँदै कानुनी शासनको पालना गर्दै जिम्मेवार ढंगले काम गर्न राज्यका निकायलाई आग्रह गरेका छन्। साथै, घटनामा संलग्न जो–कोही भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ छ।