बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कामना सेवा विकास बैंकले दियो त्रिपुरेश्वर माविलाई पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर

आइतबार, असार २८ २०८३

कामना सेवा विकास बैंकले सुर्खेतको त्रिपुरेश्वर माविलाई पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत वीरेन्द्रनगर नगरपालिका– १, धोदेखालीस्थित त्रिपुरेश्वर माध्यमिक विद्यालयमा पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेको हो ।

बैंकको पश्चिम क्षेत्र प्रमुख महेन्द्र खनालले वीरेन्द्रनगर नगरपालिका–१ को वडाध्यक्ष दिनेश खत्रीलाई पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् । विद्यालयमा खानेपानी आपूर्तिका लागि डिपबोरिङ प्रणाली जडान गरिएको भए पनि पानी शुद्धीकरण गर्ने व्यवस्था उपलब्ध नभएकाले विद्यार्थी तथा शिक्षकहरूले शुद्ध पानी उपभोग गर्न पाएका थिएनन् । यसलाई मध्यनजर गर्दै विद्यालयको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले बैंकले पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायर प्रदान गरेको हो ।

वडाध्यक्ष खत्रीले विद्यालयको आवश्यकतालाई महसुस गर्दै सहयोग प्रदान गरेकोमा बैंकप्रति आभार व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरभक्त सुनारले बैंकद्वारा प्रदान गरिएको पानी ट्यांकी तथा इलेक्ट्रिक वाटर प्युरिफायरबाट विद्यार्थी तथा शिक्षकहरूले स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपभोग गर्न पाउने तथा यसले स्वस्थ शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका पश्चिम क्षेत्र प्रमुख खनालले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको आवश्यकता पहिचान गरी यस्ता सहयोगात्मक कार्यक्रममार्फत समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारीहरु, विद्यालय व्यवस्थापनका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।