काठमाडौं । राष्ट्रियसभाको बैठक आज (मंगलबार) अपराह्न १२ः१५ बजे बस्ने भएको छ। बैठकमा ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित शीर्षकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयसँग सम्बन्धित छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन्।
यस्तै, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचिवालयसँग सम्बन्धित शीर्षकमा उठेका प्रश्नको पनि जवाफ दिइने कार्यसूची छ।
बैठकमा राष्ट्रियसभा अध्यक्षले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमा दर्ता भएका खर्च कटौतीका प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नेछन्।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।