बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपाल प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा (सूचीसहित)

मंगलबार, असार १६ २०८३

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका विभिन्न कार्यालयमा कार्यरत ३६८ जना लेखा प्रमुखको सरुवा गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार तोकिएको कार्यअवधि पूरा गरेका लेखा प्रमुखलाई अन्य जिम्मेवारीमा पठाइएको छ भने मापदण्ड पूरा गरेका अधिकृतलाई नयाँ लेखा प्रमुखको जिम्मेवारी दिइएको हो।

सरुवामा लेखा शाखाको जिम्मेवारी सम्हाल्ने इन्स्पेक्टरदेखि असई तहसम्मका प्रहरी कर्मचारी समावेश छन्।

प्रवक्ता काफ्लेका अनुसार प्रहरी प्रधान कार्यालयको आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसका आधारमा सरुवा सूची सार्वजनिक गरिएको हो।