काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले डोजर अभियानबाट विस्थापित भएका सुकुम्बासीलाई उनीहरू बसोबास गर्दै आएको स्थानमै पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राईले डोजर चलाएर सुकुम्बासीलाई बेघरबार बनाइएको भन्दै हाल होल्डिङ सेन्टरमा बसिरहेका नागरिकले खाना र पानीको समेत अभाव झेल्नुपरेको बताए ।
उनले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्वासको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए
अध्यक्ष राईले सुकुम्बासीहरू स्वयंले पनि आफूहरू बस्दै आएको स्थानमा व्यवस्थित सिटी प्लान निर्माण गरी पुनर्वास गराउन माग गरेको उल्लेख गर्दै सरकारले सोहीअनुसार योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे।
उनले प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट नहटेसम्म आफ्नो पार्टीको विरोध जारी रहने पनि स्पष्ट पारे ।
उनले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर उठाइएका प्रश्नहरूको जवाफ दिनुपर्ने बताए।