बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा निःशुल्क आँखा शिविर

बुधबार, असार ३ २०८३

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दार्चुलामा निःशुल्क आँखा परीक्षण तथा उपचार शिविर सञ्चालन गरेको छ ।

बैंकका अनुसार जेठ २९ गते जिल्ला अस्पताल खलङ्गा र जेठ ३० गते दुहुँ गाउँपालिकामा शिविर आयोजना गरिएको शविरमा कुल सात सय ११ जनाले निःशुल्क आँखा परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन् । जिल्ला अस्पताल खलङ्गामा सञ्चालित शिविरमा ३८७ जना र दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको शिविरमा ३२४ जनाको आँखा परीक्षण गरिएको बैंकले जनाएको छ । शिविरमा गेटा आँखा अस्पताल, धनगढीका नेत्र चिकित्सकसहितको विशेषज्ञ टोलीले सेवा प्रदान गरेको थियो ।

आँखा परीक्षणका क्रममा आवश्यक परेका बिरामीलाई निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो। साथै मोतियाबिन्दुको शल्यक्रिया आवश्यक देखिएका बिरामीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था पनि बैंकले गर्ने जनाएको छ । शिविरमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर एक सय नौं वटा शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।