काठमाडौं । चर्चित नेपाली सेफ सन्तोष शाह हाजिरी जमानीमा रिहा भएका छन्। रेस्टुरेन्ट खरिद–बिक्रीसँग सम्बन्धित चेक अनादर (चेक बाउन्स) र ठगी आरोपमा पक्राउ परेका शाहलाई आइतबार परिवारको जिम्मामा छाडिएको हो।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनाबारे अनुसन्धान जारी रहेकाले आवश्यक पर्दा उपस्थित हुने सर्तसहित शाहलाई हाजिरी जमानीमा रिहा गरिएको हो।
प्रहरीका अनुसार शाहविरुद्ध रेस्टुरेन्ट खरिद प्रक्रियासँग जोडिएको आर्थिक विवाद, चेक अनादर तथा ठगीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान भइरहेको छ। यसअघि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई धनुषाबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।
अनुसन्धानका क्रममा रेस्टुरेन्ट खरिद–बिक्री सम्झौतासम्बन्धी आर्थिक कारोबार, भुक्तानीका लागि दिइएको चेक नसाटिएको विषय तथा ठगीसम्बन्धी आरोपबारे प्रहरीले छानबिन गरिरहेको जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।