सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

गिरीबन्धु टी–स्टेट प्रकरणको फाइल खोल्न एमालेको चुनौती

सोमबार, असार १ २०८३

काठमाडौं । नेकपा एमालेले गिरीबन्धु टी–स्टेट प्रकरणको फाइल सार्वजनिक गर्न सरकारलाई चुनौती दिएको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेले विपक्षीसँग सम्बन्धित फाइल खोल्ने चेतावनी दिएको भन्दै आपत्ति जनाइन् ।

उनले गिरीबन्धु टी–स्टेट प्रकरणको फाइल सबैभन्दा पहिले खोल्न सरकारलाई चुनौती दिँदै त्यसपछि विपक्षीसँग जोडिएका भनिएका ओम्नी र वाइडबडी प्रकरणका फाइलसमेत सार्वजनिक गर्नुपर्ने बताइन्। ती प्रकरणबारे वास्तविकता जनतासामु ल्याउन आवश्यक रहेको उनको भनाइ थियो।

अर्यालले सरकारका जिम्मेवार पदाधिकारी र मन्त्रीहरूले सार्वजनिक रूपमा आरोप लगाउने, धम्की दिने तथा राजनीतिक दबाब सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाइन् । यस्तो व्यवहार अनुचित र खेदजनक भएको उनले बताइन् ।

उनले सरकारले पारदर्शी र जवाफदेही ढंगले काम गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि प्रकरणमा सत्य तथ्य भए निष्पक्ष छानबिन गरी सार्वजनिक गर्नुपर्ने धारणा राखिन्। साथै, राजनीतिक प्रतिशोधका आधारमा फाइल खोल्ने चेतावनी दिनु उचित नहुने उनले बताइन् ।