सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग

सोमबार, असार १ २०८३

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले प्रधानमन्त्रीको सीमासम्बन्धी पछिल्लो अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै उक्त अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक दुलालले यस विषयमा सभामुखको रुलिङ तथा प्रधानमन्त्रीको स्पष्ट जवाफ आवश्यक रहेको बताए ।

उनले दार्चुलास्थित नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको भनिएको समाचारप्रति सरकारको आधिकारिक धारणा माग गर्दै भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार हेलिकोप्टर नेपाली भूमिमा अवतरण हुनु गम्भीर विषय भएको उल्लेख गर्नुभयो। यसबारे यथार्थ जानकारी संसद् र जनतालाई गराउन सरकारसँग उनले माग गरे ।

दुलालले पूर्वी नेपालको इलाम जिल्लाको चिया उद्योग क्षेत्रले भोगिरहेको संकटप्रति पनि सरकारको ध्यानाकर्षण गराए। भारतीय अवरोधका कारण इलामको प्रसिद्ध चिया उद्योग संकटमा परेको, उद्योग बन्द हुने अवस्था सिर्जना भएको तथा त्यसको प्रत्यक्ष असर किसान र व्यवसायीमा परेको उनको भनाइ थियो।

उनले “भारतीय अवरोधले उद्योगधन्दा र रोजगारी बन्द हुने स्थिति सिर्जना भएको छ, यसतर्फ सरकारको ध्यान किन जान सकेको छैन ?” भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाए ।