काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन्।
चार जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा त्रिपाठीले सर्वाधिक २३४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। यसअघि उनी रास्वपा गण्डकी प्रदेश समितिको महामन्त्रीको जिम्मेवारीमा रहेका थिए।
सभापति पदका लागि निवर्तमान प्रदेश सभापति तथा सांसद राजन गौतम, माधव कँडेल र हरिबहादुर कार्की पनि प्रतिस्पर्धामा उत्रिएका थिए। निर्वाचन परिणामअनुसार गौतमले १८२ मत प्राप्त गरे भने कँडेलले ११ र कार्कीले २ मत मात्रै पाए।
त्रिपाठीको विजयसँगै रास्वपा गण्डकी प्रदेशले नयाँ नेतृत्व पाएको छ।