कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित आईएमएस सफट्वेयर सँगको सहकार्यमा नेपालको पहिलो इआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म ‘रियल–टाइम’ सार्वजनिक गरेको छ ।
बैंकले आफ्ना व्यवसायी ग्राहकहरूलाई यस नवीन सेवामार्फत आईएमएसको इआरपी सफट्वेयर प्रयोग गरेर बिना धितो कर्जा प्राप्त गर्ने सुविधा उपलब्ध गराउने जनाएको छ । यस प्ल्याटफर्मको प्रयोगबाट कर्जा आवेदन, स्वीकृति, वितरण तथा भुक्तानीसम्मका सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न हुने भएकाले लामो कागजी प्रक्रिया र शाखा धाउनुपर्ने झन्झट हट्ने विश्वास गरिएको छ ।
बैंकका अनुसार आईएमएस प्रणालीसँगको प्रत्यक्ष एकीकरणमार्फत व्यवसायहरूको बिक्री, कारोबार तथा मौज्दातलगायतका वास्तविक समय तथ्याङ्कका आधारमा कर्जा योग्यता मूल्याङ्कन गरिनेछ । यस डेटा–आधारित प्रणालीले छिटो र सटीक निर्णय लिन सहयोग पु¥याउँदै परम्परागत धितोको आवश्यकता बिना नै व्यवसायहरूलाई वित्तीय पहुँच उपलब्ध गराउनेछ ।
यस सुविधा अन्तर्गत भ्च्ए प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कार्यसम्पादनका आधारमा अधिकतम ५ लाख रुपैयाँसम्मको चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा १२ महिनासम्मको समान मासिक किस्ता मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । सेवा प्रयोगको अवस्था, बजार माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार भविष्यमा कर्जा सीमा वृद्धि गर्ने योजना पनि बैंकले अघि सारेको छ ।
बैंंकका अनुसार यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार तथा कर्जामा पहुँच अभिवृद्धि गर्ने नीतिसँग मेल खाने कदम हो। यसले विशेषगरी साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँच सहज बनाउँदै नवप्रवर्तन र वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई लक्षित गरी ल्याइएको यस सेवाले उद्यमशीलता प्रवद्र्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
हाल देशभर २८६ शाखा तथा ४१ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको बैंकले सुदृढ बैंकिङ अनुभव र प्रविधि साझेदारहरूसँगको सहकार्यबाट डिजिटल वित्तीय रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जनाएको छ । बैंकले आगामी दिनमा पनि ग्राहकलाई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न नवीन प्रविधि र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।