काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा–सम्बन्धी अभिव्यक्तिको स्पष्टीकरण उनी स्वयंले संसदमा आएर दिनुपर्ने अडान कायमै रहेको स्पष्ट गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले संसद सञ्चालन सहज बनाउन आफूहरू केही लचक भए पनि प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टिकरणको मागबाट पछि नहटेको बताए ।
उनका अनुसार प्रधानमन्त्रीले “नेपालले पनि भारतका धेरै स्थानमा मिचेको छ” भन्ने आशयमा दिएको भनाइ गम्भीर भएकाले त्यसलाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग पनि नेकपाले दोहोर्याएको छ।
दुलालले भने, “हामी संसद सुचारु गराउन एक कदम पछाडि हटेका छौँ, तर यसको अर्थ प्रधानमन्त्रीको अभिव्यक्तिमा हामीले माफी दिएका होइनौँ। उहाँले संसदमै आएर स्पष्ट पार्नुपर्छ।”
उनले सरकारले जिम्मेवार ढंगले काम नगरेको आरोपसमेत लगाउनुभयो भने सरकारका कतिपय नीति तथा काम जनपक्षीय नभएको टिप्पणी गरे ।