सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित दुई जनाको मृत्यु

बिहिबार, जेष्ठ २८ २०८३

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गएराति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित दुई जनाको मृत्यु भएको छ।

काठमाडौँको दक्षिणकालीबाट करिब ३५ किलोमिटर दक्षिण रहेको माणडु हाइड्रोपावर क्षेत्रबाट इपातर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा निजगढ–काठमाडौँ द्रुतमार्ग आयोजनामा कार्यरत सूर्य यादव र चालक बोधराज बुढाथोकी को मृत्यु भएको हो। यादव बारा जिल्लाको पचरौता नगरपालिका–७ का बासिन्दा हुन् भने बुढाथोकी सिन्धुलीको कमलामाई नगरपालिका–९ निवासी रहेको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर का प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले का अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ निजगढ–काठमाडौँ द्रुतमार्गको बेस क्याम्पमा खटिएको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो।

उद्धार टोलीले दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।