सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै

मंगलबार, जेष्ठ २६ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको सपथ ग्रहण आज अपराह्न ३ बजेका लागि तय गरिएको छ।

सपथ ग्रहणको तयारीस्वरूप राष्ट्रपति कार्यालयमा आवश्यक पत्राचारसमेत गरिसकिएको जनाइएको छ।

यसअघि सम्पत्ति विवरण तथा अन्य विभिन्न विवादमा मुछिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि उठेका आरोपहरूको छानबिन गर्न विशेष समिति गठन गरेको थियो।

छानबिन समितिले गुरुङविरुद्ध सार्वजनिक रूपमा उठाइएका आरोप पुष्टि हुने आधार नभेटिएको निष्कर्षसहित प्रतिवेदन सरकारलाई बुझाएपछि उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको स्रोतले जनाएको छ।

गुरुङको पुनरागमनसँगै गृह मन्त्रालयको नेतृत्व फेरि उनकै हातमा जाने भएको छ। उनको नियुक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउने अपेक्षा गरिएको छ।

सरकारले भने छानबिन समितिको प्रतिवेदनका आधारमा निर्णय गरिएको बताएको छ।