काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साताको बिदापछि पुनः नियमित काममा फर्किएकी छिन्।
वरिष्ठता क्रममा अगाडि रहेकी मल्ल डा. मनोज शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि असन्तुष्ट बनेको चर्चा बीच सोही दिनदेखि बिदामा बसेकी थिइन्।
सर्वोच्च अदालतको सोमबारको कार्यतालिकाअनुसार न्यायाधीश मल्लका दुईवटा इजलास तोकिएका छन्। बिदापछि अदालतमा फर्किएसँगै उनले नियमित न्यायिक जिम्मेवारी सम्हाल्ने भएकी छन्।
उनको पुनरागमनलाई सर्वोच्च अदालतभित्रको नियमित न्यायिक गतिविधिसँग जोडेर हेरिएको छ।