काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्।
जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा सभापतिका प्रत्याशी सुरेश सापकोटालाई पराजित गर्दै शाक्य नेतृत्वमा चयन भएका हुन्। शाक्य यसअघि काठमाडौं महानगरपालिका–८ का सभापतिको जिम्मेवारीमा रहेका थिए।
अधिवेशनबाट उपसभापतिमा रविन्द्र गौतम, सचिवमा शन्तमान महर्जन तथा सहसचिवमा शौरभ बस्नेत निर्वाचित भएका छन्।
जिल्ला अधिवेशनका लागि कुल ५२२ प्रतिनिधि रहेकामा ४३८ मत खसेको निर्वाचन समितिले जनाएको छ।
रास्वपाले देशभर जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने क्रम जारी राखेको छ।