बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

फेरी फुट्यो राप्रपा, डा. राणाको नेतृत्वमा नयाँ पाटि खोल्ने घोषणा

बिहिबार, जेष्ठ २१ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि फुटेको छ । महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा असन्तुष्ट समूहले बिहीबार जमलस्थित होटल एल्लो प्यागोडामा छुट्टै भेला गरी औपचारिकरूपमा पार्टीबाट बाहिरिएको घोषणा गरेको हो ।

अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राणासहित केन्द्रीय पदाधिकारी, कार्यसमिति सदस्य, प्रदेश र जिल्ला सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा पत्रमा उपाध्यक्ष तथा एल्लो प्यागोडाका संचालक दिलविकास राज भण्डारी, पूर्व उपाध्यक्ष तथा कमल थापा समूहका श्याममुकुन्द गिरी, पूर्व प्रवक्ता तथा हालका केन्द्रीय सदस्य नारायण कोइराला,बरिष्ठ अधिबक्ता बिष्णु प्रसाद भट्टराईसहित १८३ जनाको हस्ताक्षर छ ।

(राप्रपा) बाट बाहिरिएका समुहले नयाँ पाटि घोषणा गर्ने पनि भनिएको छ ।