सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

सशस्त्र प्रहरी मुख्यालयको आगलागी घटनाबारे छानबिन गर्न समिति गठन

बिहिबार, जेष्ठ २१ २०८३

काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालयस्थित एमटी शाखा (सवारी शाखा) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।

सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) Sandeep Thapa सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको जनाएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी Bishnu Prasad Bhatta विष्णुप्रसाद भट्टका अनुसार समितिले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ। समितिलाई कुनै निश्चित समयसीमा तोकिएको छैन भने सकेसम्म छिटो छानबिन सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

बुधबार राति करिब ८ बजेतिर सशस्त्र प्रहरी मुख्यालय परिसरमा रहेको सवारी शाखामा आगलागी भएको थियो। आगलागीबाट केही सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बंगलामुखी गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो। आगलागीको कारण र क्षतिको यकिन विवरण भने छानबिनपछि सार्वजनिक गरिने जनाइएको छ।

यसअघि पनि सशस्त्र प्रहरी मुख्यालयमा आगलागीको घटना भएको थियो। त्यस्तै सतुंगलस्थित सशस्त्र प्रहरीको स्टोरमा समेत विगतमा आगलागी भएको घटना रहेको छ।