बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

२३ करोड रुपैंयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

बुधबार, जेष्ठ २० २०८३

काठमाडौ । नेपाल राष्ट्र बैंकले २३ करोड रुपैंयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले बुधबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि लगानीको अवधि जुन १०, २०२६ देखि जुन १०, २०२७ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही जेठ २२ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि १८ करोड ४० लाख, बिकास बैंकहरुको लागि तीन करोड ४५ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड १५ लाख रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको छ ।