सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

आज देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना

बुधबार, जेष्ठ २० २०८३

काठमाडौं । आज देशका अधिकांश भू–भागको मौसममा सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। हिमाली र पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने भएकाले तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।