काठमाडौं । प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन् । दिउँसो १ बजे बस्ने भनिएको बैठक अझै सुरु नभएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धि दिएको अभिव्यक्तिबारे विपक्षी दलहरुले तथ्य माग गर्दै आएको छन् । बिना तथ्य बोलेको भन्दै प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरुले माग राखेका छन् ।
उक्त माग सम्वोधनका लागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तयार भएको छैन् । परिणाममा दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म सुरु हुन नसकेको हो ।