सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ

मंगलबार, जेष्ठ १९ २०८३

काठमाडौं । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह पक्राउ परेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाका अनुसार सिंहलाई पर्साको ठोरी क्षेत्रबाट पक्राउ गरिएको हो।

पर्सा जिल्ला अदालतले लिखत किर्ते सम्बन्धी कसुरमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। अदालतले गत जेठ ८ गते सिंहसहित अन्य तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। उक्त मुद्दामा सिंहसहित अन्य तीन जनामाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।