सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मंगलबार, जेष्ठ १९ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

बैठकका एजेन्डाबारे हालसम्म कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

प्रधानमन्त्रीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएपछि बैठकमा हुने सम्भावित निर्णय तथा समसामयिक राजनीतिक, प्रशासनिक र नीतिगत विषयमा छलफल हुने अनुमान गरिएको छ।

प्रधानमन्त्रीको सचिवालयले बैठकका विषयवस्तुबारे थप विवरण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि थप जानकारी आउने अपेक्षा गरिएको छ।