सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रवि लामिछाने भारत प्रस्थान

सोमबार, जेष्ठ १८ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।

रास्वपाका अनुसार लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत गएका हुन् । उनी जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

रास्वपाका प्रवक्ता मनिष झा ले आइतबार प्रेस विज्ञप्तिमार्फत भ्रमणबारे जानकारी दिएका थिए ।

भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको जनाइएको छ ।भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यद्यपि मोदीसँगको भेटको टुंगो भने लागि सकेको छैन ।  रास्वपाले भ्रमणलाई नेपाल–भारत सम्बन्ध तथा आपसी राजनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण रहेको बताएको छ ।

भ्रमणका क्रममा हुने भेटवार्ता र त्यसबाट निस्कने निष्कर्षलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।