मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

उज्यालो नेपाल पार्टीलाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्छाैँ : कुलमान घिसिङ

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच एकता सहमति भएको घोषणा गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा आयोजित एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई उज्यालो नेपाल पार्टीमा स्वागत गरेका हुन् ।

उनले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलसँग एकता प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । यसअघि पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग पनि एकता गरिसकेको उनले बताए ।

घिसिङका अनुसार अहिले अन्य राजनीतिक दल, बुद्धिजीवी तथा विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरू पनि उज्यालो नेपाल पार्टीमा समाहित हुने क्रममा छन् ।

उनले भने, “उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पको रूपमा स्थापित हुनेछ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ ।”

एकता प्रक्रियामा सहभागी सबैलाई बधाई दिँदै उनले पार्टीको भावी योजना र विस्तृत सहमतिबारे दुवै पार्टीका महासचिवहरूले थप जानकारी दिने बताएका छन् ।